Shittalpati
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

बुटवल,  रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे  पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बसमा ३८ जना सवार रहेका थिए । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update