Shittalpati
अटो दुर्घटनामा एकको मृत्यु

पाल्पा, स्याङजाको वालिङ नगरपालिका –१ खहरेस्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार दिउँसो रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नं.को अटो अनियन्त्रित भई सडकमा  दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओम बहादुर  लम्साल क्षेत्रीको १६ महिने छोरी कायरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । दुर्घटनामा सवार अन्य तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामन्य रहेको बुझिएको छ । प्रहरी निरीक्षक जनकराज बन्जराको कमाण्डमा गएको टोलीले घाइतेहरुको उद्दार गरेको हो । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update