Shittalpati
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै

गुल्मी, नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु गुल्मी आउने भएका छन् । यही मंसिर ९ र १० गते तम्घासमा हुन लागेको नेपाली काँग्रेस गुल्मीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित  वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउन लागेका हुन् । 

सम्मेलनमा केन्द्रीय सदस्य चन्द्र भण्डारी र चन्द्र केसी पनि आउने काँग्रेस गुल्मी सचिवालयले जनाएको छ । सम्मेलनको तयारी तीव्र पारिएको पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिए  ।  उनका अनुसार काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो ।  

सचिव भट्टराईले भने ‘जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकेर जिल्ला सम्मेलन गर्न लागेका हौं ।’ सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले कामलाई तिव्रता दिएका छन् । सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन उद्घाटन शत्र बृहत भेला तथा आमसभा र दोस्रो दिन बन्द शत्र पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत, नेता कार्यकर्तालाई प्रशिक्षणसहित सांगठनिक भावी योजनाको बारेमा जानकारी गराइनेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update