Shittalpati
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा

काठमाडौँ, नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।

काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ । प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update