Shittalpati
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भिरबारीस्थित भित्रि सडक खण्डमा तोप्सेबाट लामागेतर्फ आउँदै गरेको गरेको ग १ त ४९८७ नम्बरको ट्याक्टर सडकमै पल्टिँदा घटनास्थलमै चालकको मृत्यु भएको हो । 

सोमबार विहान साढे ९ बजे ट्याक्टर सडकमै पल्टिँदा दाङको दंगीशरण गाउँपालिका–४ का २८ वर्षका रामहरि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update