एमाले लुम्बिनी अध्यक्षमा कँडेल
बुधबार, भदौ २०, २०८०
एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया
बुधबार, भदौ २०, २०८०
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया तानसेनमा भएको छ । नेपाल कम्युनिष्ट पार्टी पाल्पाको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र इतिहासका जानकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।
‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै
बुधबार, भदौ २०, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुन लागेको छ । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा असोज ७ गते आइतबार हुने भएको हो । स्कुलको प्राङ्गणमा कार्यक्रम गरिने जनाइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल
बुधबार, भदौ २०, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले रिडीमा रहेको ऋषिकेश मन्दिरमा बस्ने वृद्धाहरुलाई फलफूल वितरण गरेको छ । प्रतिष्ठानले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार मन्दिरमै पुगी वृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
ला व खेँ अर्थात ‘लाखे’
बुधबार, भदौ २०, २०८०
हिजोआज देश लाखेमय भएको छ ¤ के बालख के युवा जस्ले पायो पैसाको लोभले लाखे निकालेर अर्थ न बर्थ बुरुक्क बुरुक्क उफ्रेर छाँट न काँट नाचेर जे मन लाग्यो त्यही गरेको देखियो । यो खास विशुद्ध नेवारी चलन हो । हिजोआज सबै जातिले यस्को महत्व बुझेर लाखे नचाउँछ । लाखे...
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी
सोमबार, भदौ १८, २०८०
नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा छलफल अगाडि बढाएको छ । उसले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफल अगाडि बढाएको हो ।
वर्षाका कारण आजदेखि तानसेनमा हुने भनिएको भलिबल प्रतियोगिता स्थगित, खेल भोलिदेखि हुने
सोमबार, भदौ १८, २०८०
,सोमबारदेखि तानसेनमा हुुने भनिएको पुुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ । तानसेनको टुँडिखेल मैदानमा भदौं १८ गते दिउँसो ३ बजेदेखि सञ्चालन हुने भनिएको खुला पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको हो ।
तानसेनको भिमसेन रथयात्रा निकालियो
सोमबार, भदौ १८, २०८०
तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेन रथयात्रा निकालिएको छ । यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, भदौ १८, २०८०
काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु
सोमबार, भदौ १८, २०८०
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।
मोहन कन्याको यात्रा ७४ वर्षमा
सोमबार, भदौ १८, २०८०
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७४ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७४ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।


