Shittalpati
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

पाल्पा, नेकपा एकीकृत समाजवादी (एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । उसले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको पार्टी सपचवालयले जनाएको छ । यसअघि महाधिवेशनको मिति टुंगो लागेपनि स्थानका बारेमा निर्णय भइसकेको थिएन । महाधिवेशनका लागि सबै जनवर्गीय स·ठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ । यो महाधिवेशन नेकपा एसको नीति र नेतृत्व चयन दुवै गर्नेछ ।

अध्यक्ष चिन प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधि मण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ  । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टी बीचको सम्बन्धका बारेमा छलफल हुने छ । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ । अध्यक्ष नेपाल चीन प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रमेश हमालले पाएका छन् । यसअघि मंगलबार नै अध्यक्ष नेपालले भूकम्पपीडितलाई सहयोगस्वरूप २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update