Shittalpati
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते  

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी टिपरमा सवार एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्युु हुुनेमा पूूर्वखोला गाउँपालिका –२ जल्पाकी १९ वर्षीया दिल कुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । टिपरबाट हाम फाल्ने क्रममा सोही टिपरको टायरले किच्दा आलेको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी निस्दी गाउँपालिका –७ की २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनोहरी गाउँपालिका– ९ का २६ वर्षीय अञ्जन सुनार र सहचालक  मकवानपुर हेटौडा –९ का  २४  वर्षीय  आशिष सुनार घाइते भएका छन् ।  घाइते आलेलाई टिपरबाट हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको छ  । चालक र सह चालकको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।  घाईतेहरुको  उद्धार गरी उपचारको लागि नवलपुर पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update