Shittalpati
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति

पाल्पा, लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।

सरकार गठन भएको सात महिना पुग्नै लाग्दा पनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए तर अहिलेसम्म सरकारले पूर्णता पाउन नसक्दा मन्त्रालयको कामकाज प्रभावित भएको छ । मन्त्रालय थपेर भए पनि सरकारलाई पूर्णता दिने तयारी रहे पनि सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले मन्त्रालय नथप्न निर्देशन दिएपछि थप समस्या परेको छ । विगतमा सत्तारुढ दलहरुको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका दुई र नेपाली काँग्रेसका तीन मन्त्री थप्ने तयारी थियो तर मन्त्रालय विभाजन नगरी सरकार विस्तार हुन सकिरहेको छैन । सरकार विस्तारका लागि सहमती खोज्न भएको छलफल असफल भएको छ ।

रोकिएको सरकार बिस्तारको गाँठो फुकाउन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, माओवादी नेतृ ओनसरी घर्ती सहितको टोली दुई चरणमा छलफलमा बसेपनि निष्कर्षमा भने नेताहरु पुग्न सकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update