Shittalpati
काँग्रेस महासमिति बैठक फेरि सर्‍यो
काँग्रेस महासमिति बैठक फेरि सर्‍यो नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उसले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।
नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश
नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिइएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो ।
एमाले अध्यक्ष ओलीमाथि हातपात
एमाले अध्यक्ष ओलीमाथि हातपात एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् ।
लोक भजन संरक्षण गर्न  रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र 
लोक भजन संरक्षण गर्न रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र   गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको  छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो । 
गोठमा आगलागी हुँदा लाखौंको क्षति
गोठमा आगलागी हुँदा लाखौंको क्षति जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ भलायचौरको एक गोठमा आगलागी हुँदा लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय २७ वर्षीय नारायण खड्काको गोठमा आगो लाग्दा एक लाख ५० हजार बराबरको क्षति भएको हो ।
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
वायु सेवा निगमका अधिकृत पक्राउ 
वायु सेवा निगमका अधिकृत पक्राउ  नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा निगमका एक जना अधिकृत पक्राउ परेका हुन् ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो ।
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
Weather Update