Shittalpati
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु

पाल्पा, सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जाको भिरकोट नगरपालिका घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने ७० वर्षीया किसान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार ति वृद्ध सडक छेउको नालीमा घोप्टो परेको अवस्थामा अचेत भेटिएका थिए । उनको प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल पठाएको थियो । अस्पतालले चेकजाँचपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update