Shittalpati
आज विश्व स्वास्थ्य दिवस मनाइँदै

पाल्पा, विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा १ करोड ३० लाख मानिसको वातावरणद्धारा उत्पन्न समस्याका कारण मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य संकटको सामना गर्नुपर्ने अवस्था रहेको डब्लुएचआले उल्लेख गरेको छ । विशवमा कोराना महामारीको चुनौती संगै प्रदुषित वातावरणका कारण हुने क्यान्सर, दम, मुटुरोग, जस्तो चुनौती छन् । सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्‍याउन नेपाल सरकारले निरन्तर चुनौतीको सामना गरिरहेको छ । 

पछिल्लो समय अधिकांस मानिसहरु डिप्रेसनको शिकार हुने गरेका छन् । डिप्रेसनको रोगीको संख्या घटाउन नेपालमा गरिबी  र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update