Shittalpati
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक रानीघाटमा   

पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको नियमित बैंठक पाल्पाको रानीघाटस्थित एक होटलमा बसेको छ । पार्टी संगठनलाई मजबुद बनाउने उद्देश्यले काँग्रेसको बैंठक बसेको हो ।  

प्रदेश प्रशिक्षण विभागको नियमित बैंठक अन्तर्गत पाल्पामा चौंथो बैंठक राखिएको प्रशिक्षण विभागले जनाएको छ । बैंठकमा प्रशिक्षण विभागाका सभापति तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भूवनप्रसाद श्रेष्ठले प्रदेशका १ सय ९ स्थानीयतहमै प्रशिक्षणलाई प्रभावकारी बनाउने गरी विभाग अगाडि बढेको बताए । उनले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने भन्दै प्रशिक्षण कार्यक्रमलाई  अगाडि बढाइएको बताए । उपसभापति श्रेष्ठले नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित नगर्दासम्म पार्टी बलियो हुन नसक्ने धारणा व्यक्त गरे । उनले भने‘प्रशिक्षणमार्फत नीति, सिद्धान्त र विचारलाई परिस्कृत गर्दै अगाडि बढ्ने सोंचलाई व्यवहारिक बनाउने हो भने देशव्यापी रुपमा पार्टी मजबुुत बन्छ ।’

काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बैठकले  पार्टीलाई थप चलायमान बनाएर लैजाने मात्र हैन प्रेमको प्रतिक रानीमहल र पवित्र कालीगण्डकी नदीका आसपासमा भएको बैंठकले प्रदेशका १२ बटै जिल्लामा यहाँको आन्तरिक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।  उनले राजनीति र नेताहरुप्रति नकारात्मक अवधारणा फैलिएका बेला प्रशिक्षणबाटै पार्टी संगठनलाई मजबूूत वनाउँन सकिने बताए । सांसद रानाले राजनीति समर्पण र त्याग पनि हो भन्ने भावनालाई आमकार्यकर्ता र अगुवा नेताहरु बीच लैजान पनि प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्न सक्ने उल्लेख गरे ।

  बैंठकमा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले प्रशिक्षण कार्यक्रमलाई तडक फडक भन्दा पनि कम खर्चमा धेरै उपलव्धी मूलक बनाउनु पर्ने बताए ।  उनले न्यू मिडियाको उपयोग गरेर, युवा र महिलाहरुलाई उद्यमशीलता प्रतिको लगाव बढाई संगठनलाई मजबूूत बनाउने  दिशामा प्रशिक्षण केन्द्रीत गर्नुपर्ने बताए ।

बैंठकमा काँग्रेस जिल्ला उपभापति तथा प्रशिक्षण शाखाका सभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रशिक्षण शैली पुस्तिका प्रकाशन समिति गठन गरिएको छ । प्रदेशको प्रशिक्षण विभागको तर्फबाट जारी हुने उक्त पुुस्तिका लागि  गहिरेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेल, सदस्यहरुमा क्रमशः गुल्मीका  गुणानीधी शर्मा, दाङका गोविन्द न्यौपाने, रोल्पाका कविता उपाध्याय रहेका छन् । बैंठकका निर्णय सार्वजनिक गर्दै विभागका सभापति भुवन प्रसाद श्रेष्ठले आगामी बर्ष २०८१ को चैत्र भित्र प्रदेश भित्रका १ सय ९ स्थानीयतहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, तीन महिना भित्र प्रशिक्षण शैली पुस्तिका प्रकाशन र अर्को बैंठक नवलपरासीमा गर्ने निर्णय गरेको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update