पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल
सोमबार, मंसिर २५, २०८०
तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
आइतबार, मंसिर २४, २०८०
लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा निर्माणधिन ‘ श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु
आइतबार, मंसिर २४, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु
आइतबार, मंसिर २४, २०८०
जिल्लाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर एक जना पुरुषको मृत्यु भएको छ । गाङ्गसिंङडाँडाका ४८ वर्षीय डम्बर बहादुर सारुको आफैले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो ।
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र
आइतबार, मंसिर २४, २०८०
यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आइतबार, मंसिर २४, २०८०
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
यसरी हुन्छ संस्थागत अनियमितता
शुक्रबार, मंसिर २२, २०८०
गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ ।
प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’
शुक्रबार, मंसिर २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आर्थिक अवस्था सकारात्मक भए पनि त्यसको महशुस आम जनताले गर्न नसकेको स्वीकारेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
शुक्रबार, मंसिर २२, २०८०
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।
तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन
बिहीबार, मंसिर २१, २०८०
तानसेनको छेर्लुङ्गमा नेपाली काँग्रेसको वडा सम्मेलन भएको छ । काँग्रेसलाई वडा तहदेखि नै सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन काँग्रेस तानसेन नगरपालिका–१३ वडा कार्यसमितिले सम्मेलन गरेको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
बिहीबार, मंसिर २१, २०८०
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०
पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
बुधबार, मंसिर २०, २०८०
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।


