Shittalpati
किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई

पाल्पा, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पामा अध्यक्षको जिम्मेवारी जगन्नाथ अर्याललाई दिइएको छ । जिल्लाको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अर्याललाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका सक्रिय किसान समेत रहेका उनलाई महासंघले जिल्ला अध्यक्षमा मनोनयन गरी जिम्मेवारी प्रदान गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिम्लिसिनाले अर्याललाई महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने गरी अध्यक्षमा मनोनयन गरेका हुन् ।

नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महासंघले मनोनयन गरेको पत्र अर्याललाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै सभापति श्रेष्ठले एक इमान्दार, लामो समय काँग्रेसमा योगदान दिएका पुराना र सक्रिय व्यक्तिको रुपमा मल्याङ्कन गरेर महासंघले जिल्लाको जिम्मेवारी प्रदान गरेको बताए । उनले किसानहरुको हितमा इमान्दारीताका साथ काम गर्न र संगठन विस्तारमा लाग्न अध्यक्ष अर्याललाई आग्रह समेत गरे ।

 जिल्ला अध्यक्षमा मनोनीत भएका अर्यालले जिम्मेवारी अनुरुप काम गर्ने बताएका छन् । शितलपाटी डटकमसँगको कुराकानीमा उनले साना मझौला तथा ठूूला सबै किसानहरुको हकहितका निमित्त निरन्तर लडिरहेने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष अर्यालले केन्द्रले तोकेकै समयमा जिल्लाका सम्पुर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरूको अधिवेशन गराई संगठन विस्तारमा सक्रिय भएर लाग्ने पनि बताए । उनी लामो समय शिक्षण पेशासँगै किसानी कार्यमा समेत आवद्ध रहे । अर्यालल अहिले पनि सफल किसानका रुपमा परिचित छन् । उनका बुुवा बोधराज अर्याल नेपाली काँग्रेसका सक्रिय नेता थिए । बुुवा कै राजनीतिक पृष्ठभूमिका हुर्किएका उनी पाटीको उच्च पदमा नरहे पनि विभिन्न तह र तप्कामा रहेर संगठन विस्तारमा भने महत्वपूर्ण योगदान दिर्दै आएका छन् । उनले नेपाली काँग्रेसको प्रशिक्षण र शिक्षा विभागमा सदस्यको कूशल जिमेवारी समेत निर्वाह गर्दै आएका छन् ।   

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update