Shittalpati
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै

पाल्पा, विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो । अटिजमले मानिसको सामाजिक अन्तक्र्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ । वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर पछिल्लो समय स्पेक्ट्रम डिसअर्डरको लक्षणले समस्यामा पारेकोले सचेतनाका लागि जागरुकता दिवस मनाउन थालिएको हो । यस दिवसमा अटिजमको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक छैन । विश्वमा यसको संख्या भने साढे दुईदेखि तीन लाखसम्म रहेको बताइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको समस्या हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिन्छ । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् ।

आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ । अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update