Shittalpati
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाल्पा, स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहिबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ९० मा कारोबार भएको चाँदीको मूल्य अर्को दिन १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्ष तीन पटक ब्याजदर कटौती गर्ने प्रक्षेपण गरेसँगै अमेरिकी डलर र ऋणपत्रको  प्रतिफल घट्दा सुनको भाउ बढेको हो । केन्द्रीय बैंकहरूले धमाधम कीर्तिमानीस्तरमा सुन किनिरहेकाले सुनको भाउ बढ्ने सम्भावना प्रशस्त रहेको विश्लेषकहरू बताउँछन् । रुस र युक्रेनको युद्व, गाजामा जारी द्वन्द्वलगायत भूराजनीतिक तनावका कारण पनि पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update