Shittalpati
आज विश्व मूर्ख दिवस मनाइँदै

पाल्पा, आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।

पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन् । यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन् । ‘अप्रिल फूल’ दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ । मुर्ख दिवसलाई “अप्रिल फूल” अर्थात् ‘फुलिस डे’ को नामले पनि चिनिन्छ । अप्रिलफुल पश्चिमी सभ्यतामा सबैभन्दा लोकप्रिय गैरधार्मिक पर्व हो । अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ । आजको समयमा, यो दिवस संसारभर मनाइन्छ । तर यसको सुरुवातको कुरा गर्दा सबैभन्दा पहिलो यसको प्रयोग चौसरको ‘नन्स प्रिस्ट टेल’ भन्ने किताबमा पाइन्छ । त्यसमा ‘क्यान्टरबरी टेल्स’ को कथामा उक्त कुरा उल्लेख छ । कथामा इङ्ल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानीको इन्गेजमेन्ट हुने कुरा जनतालाई सुनाइन्छ । इन्गेजमेन्ट ३२ मार्चमा हुने भनिन्छ । उक्त कुरा जनताले पनि विश्वास गर्छन् । मार्च ३२ क्यालेन्डरमा मिति नै नहुने भएकोले त्यहाँका मानिसहरू सामूहिक रूपमा अप्रिल फूल’ बने भनिएको छ । नेपालमा पनि अप्रिल १ लाई कहिलेदेखि ‘मूर्ख दिवस’को रूपमा मनाउन थालियो भन्ने यकिन तथ्याड्ढ भने छैन । तर यो दिनलाई ढाँट्ने, झुक्याएर अरूलाई दुःख दिने र प्र्याड्ढ गर्ने दिनका रूपमा लिने गरिन्छ । अप्रिल फुल बाहिरबाट आएको चाडका रूपमा नेपालीहरूले लिने गरेका हुुन् । यो दिनलाई गम्भीरताका रूपमा भन्दा पनि ठट्टा, रमाइलो गर्ने पर्वका रूपमा लिइने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update