Shittalpati
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

पाल्पा, राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए । राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दल र एकै लिंगको हुन नपाउने व्यवस्था छ । अध्यक्ष निर्वाचित भएका दाहाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

दाहाल अध्यक्ष भएपछि माओवादी केन्द्रबाटै उपाध्यक्ष बनेकी अर्यालले राजीनामा दिएकी हुन् । यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर पछि नेकपा एस मिसिएपछि नयाँ सहमतिमा त्यो बुँदा हटाइएको थियो । वर्तमान सत्ता गठबन्धनमा राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update