Shittalpati
आज नीमको पात खाने दिन

पाल्पा, आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।

नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता रही आएको छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ । नीमको पात खाने र तेल लगाउने कार्य नयाँ वर्षलाई स्वागत तरिका हुन् । नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको छ । यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो ।

नीमको जुसले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ । पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update