Shittalpati
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’  
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’   नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ ।
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’ नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारी आगलागीमा परी घाइते भई उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भई आगलागीमा परेका थिए । उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरिएको थियो ।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
वन मन्त्रीमा महतो नियुक्त
वन मन्त्रीमा महतो नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पाल्पाको सचिवालय बैंठक बसेको छ । पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत सचिवालयको विस्तारित बैंठक तानसेनमा भएको हो ।
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता सरकारले ल्याएका अधिकांस नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको ३६ पृष्ठको नीति तथा कार्यक्रममा धेरै जसो पुरानै समेटिएका छन् ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
रायमाझीलाई हिरासतमा राख्न अनुमति
रायमाझीलाई हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।
Weather Update