Shittalpati
राजेन्द्र महतोले  छोडे लोसपा

 काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।  वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । 

पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन् । केही समयदेखि लोसपा नेतृत्वसँग उनी असन्तुष्ट रहँदै आएका थिए । नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने पनि बताए । आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत सक्रिय रहने उनको भनाइ थियो ।  

पार्टी परित्याग गर्नुपर्ने कारणबारे उनले भने, “जुन आशा र अपेक्षाअनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौँ, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिनसक्ने अवस्था देखिएन । मधेस र समग्र देशका नागरिकका अपेक्षाअनुसार सो पार्टीले काम गर्न सकेन । त्यसैले मैले पार्टी परित्याग गरेर नयाँ क्रान्तिको सुरुआत गरेको हो ।” 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update