पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर
शुक्रबार, वैशाख २९, २०८०
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।

पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।

टोपबहादुर रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा
बुधबार, वैशाख २७, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण प्यूठानको स्वर्गद्वारीमा हुने भएको छ । यही वैशाख २९ गतेदेखि हुने प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुन लागेको हो ।

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो
बुधबार, वैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा.केसी
मंगलबार, वैशाख २६, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत
मंगलबार, वैशाख २६, २०८०
संघीय संसद् अन्तर्गत दुवै सदनको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित लगायतका कार्यमा केन्द्रीत हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दुवै सदनमा चर्को बहस भइरहेको छ ।

बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
सोमबार, वैशाख २५, २०८०
सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
आइतबार, वैशाख २४, २०८०
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
बिहीबार, वैशाख २१, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
बुधबार, वैशाख २०, २०८०
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।