लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
शनिबार, चैत १८, २०७९

प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
शुक्रबार, चैत १७, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।

मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार, चैत १७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । दाहालले योसँगै तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे ।

स्वर्णिम वाग्लेले काँग्रेस छोडे
बिहीबार, चैत १६, २०७९
स्वर्णिम वाग्लेले आफू नेपाली काँग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
बिहीबार, चैत १६, २०७९
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

मिल्यो भागबण्डाःआज मन्त्रिपरिषद् विस्तार हुँदै
बिहीबार, चैत १६, २०७९
लामो समयको कसरत पछि सत्तारुढ गठबन्धन दलहरूबीच भागबण्डा मिलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

रानीमहलमा ओलीको सेल्फी
बुधबार, चैत १५, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतिक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिचेका छन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि पाल्पा आएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रुपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिएका हुन् ।
एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउने खेल भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका हुन् ।

स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
मंगलबार, चैत १४, २०७९
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।

लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब
मंगलबार, चैत १४, २०७९
केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । यहाँ एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अहिले प्रदेश सरकारको नेतृत्व गरेका एमाले नेता तथा मुख्यमन्त्री लिला गिरीलाई राजीनामा दिन दवाब समेत परेको छ ।

आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
आइतबार, चैत १२, २०७९
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
शनिबार, चैत ११, २०७९
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । काँंग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए ।