Shittalpati
लौ गल्ती गरियो : काँग्रेस

तानसेन, नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

पार्टी सभापति हिमालदत्त श्रेष्ठले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा प्रमुख अतिथि महामन्त्री गगनकुमार थापाको भाषण सुन्न पाउँनुपर्छ भन्ने माग अनुसार स्थान परिवर्तन गरियो, हतार–हतारमा प्राविधिक त्रुटि भयो ।   मौखिक र सामाजिक सन्जाल मार्फत आएका सुझावहरुको सम्मान गर्दै क्षमा प्रार्थी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको मनतव्यका बेला नगरपालिका सभाहल सानो भएपछि उपस्थित सहभागिहरुको माग अनुसार भाषणका लागि हतारमा एका–एक वार्दली चयन गर्नु गरेको र सो गर्दा नगरपालिकाको वोर्ड ढाकिएपछि विषयको भन्ने विषयलाई लिएर महामन्त्री थापाको सचिवालयले समेत कमजोरी भएको स्वीकार गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update