उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
शुक्रबार, वैशाख ८, २०८०

चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
शनिबार, वैशाख २, २०८०
उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।

प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
बिहीबार, चैत ३०, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान
बुधबार, चैत २९, २०७९
स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । युनियनले एक औपचारिक कार्यक्रम गरी पूर्व स्ववियुलाई सम्मान गरेको हो ।

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...

‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शनिबार, चैत २५, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।

‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शुक्रबार, चैत २४, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।

आजदेखि निर्वाचन आचारसंहिता लागू
शुक्रबार, चैत २४, २०७९
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।

खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली
बिहीबार, चैत २३, २०७९
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
मंगलबार, चैत २१, २०७९
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।

दुई विधेयक पारित
मंगलबार, चैत २१, २०७९
राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
आइतबार, चैत १९, २०७९
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।