राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट
                        
                        
                                                
                                            
                                                                    पाल्पा, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलको निमन्त्रणामा एकसाथ उनीहरु शितलनिवासमा भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि तीन शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । उनले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    