Shittalpati
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी

दाङ, लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।

अन्य समूहतर्फ रोल्पाका माओवादीका सुवेदी र महिला समूहतर्फ कांग्रेसकी सापकोटाले उम्मेदवारी दिएका थिए । सुवेदीले ५ हजार ४ सय ३५ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका ६९ वर्षीय झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) ले ३ हजार ३९ मतभार प्राप्त गरे । जनमत पार्टीका बालगोविन्द चौधरी (नवलपरासी)ले २ सय ५० मतभार प्राप्त गरे । महिलातर्फ निर्वाचित गुल्मीकी सापकोटाले ५ हजार ४ सय ३५ मतभार प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी तुलसाकुमारी केसी (दाङ) ले २ हजार ८६७ मतभार प्राप्त गरिन् । राप्रपाकी उम्मेदवार विजयालक्ष्मी सिंह (कपिलवस्तु) ले २ सय ५० मतभार प्राप्त गरिन् । निर्वाचनमा ३ सय ५ मतदातामध्ये ३ सय ३ मत खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update