Shittalpati
मनकारी सांसद राना

पाल्पा, अधिकांश जनप्रतिनिधि/सांसदहरु निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन छन् । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला लुम्बिनी प्रदेशका एक सांसदले भने व्यक्तिगत खर्च गरेरै भए पनि जनतालाई परेका अफठ्यारा र समस्यामा साथ दिएका छन् । कतिपय  सांसद तथा जनप्रतिनिधिहरु पद र सत्ता स्वार्थमा लिप्त रहनुको साथै नातागोता र आफन्तलाई जागिर खुवाउन उद्धत भई आफ्नै मतदातामाझ आलोचित बनिरहँदा पाल्पा क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सांसद वीरबहादुर राना भने जनताको मन जित्ने गरी अगाडि बढेका छन् ।

उनले विगतमा नेपाली काँग्रेसको पाल्पा सभापति हुँदा होस् वा सांसद र मन्त्री हुँदा नै किन नहोस् गरिब, विपन्न, असाहयहरुका समस्यामा सधै सक्रिय नै रहे । संसदमा जनताहरुको आवाज बुलन्द रुपमा उठाउनेदेखि पाल्पाको विकास निर्माणका काम र आम जनातालाई परेको दुख पीडामा सांसद रानाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन् । उनी कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वधारका क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट ल्याउन पहल गर्नेदेखि जनताका सामान्य भन्दा पनि सामान्य समस्या समाधनमा लाग्ने गरेका छन् । सांसद रानाले केही दिन अघि जिल्लाको बगनासकाली गाउँपालिका–५ दर्लामडाँडामा लामो समय मोटर र पाइप बिगे्रर खानेपानीबाट बञ्चित भएका ३० घर उपभोक्ताहरुलाई व्यक्तिगत खर्चमा मटर खरिद गरिदिएका छन् । अहिले पम्प जडान भएपछि त्यहाँका उपभोक्ताहरुले सहज रुपमा पानी खाइरहेका छन् । धारामूल खानेपानी आयोजना अन्तर्गत तल्लो खानेपानी टाकुरामा पर्ने मूल र रिजर्भ ट्याङ्कीसम्म आउने पाइप र मोटर बिगे्रपछि त्यहाँका उपभोक्ता खानेपानी खानाबाट बञ्चित रहेका थिए । स्थानीयले पटक–पटक स्थानीय सरकार र सम्बन्धित निकायमा सहयोगको  लागि आग्रह गरे पनि कहि कतैबाट सुनुवाई नहुँदा लामो समय खानेपानीबाट बञ्चित हुनु परेको स्थानीय  पिताम्वर पौडेलले बताए । 
    उनले भने ‘हामीले धेरै ठाउँमा भन्यौं तर कसैले पनि सुन्नु भएन, एक पटक हाम्रै  क्षेत्रका सांसदलाई भन्नु प¥यो भनेर माननिय वीरबहादुर रानालाई भन्यो, उहाँले हुन्छ म कतै पहल गर्छु भन्नुभयो ।’ अहिले सांसद रानाले मोटर ल्याइदिएपछि भने हामीले सहजै पानी उपभोग गर्न पाएको उनको भनाई छ । ‘पम्प र त्यसका लागि आवश्यक सामानहरु बिग्रिएपछि हामीले मर्मत सम्भार गर्न सकेका थिएनौं, अहिले मान्य ज्यूबाट सहयोग भएको छ खुसी छौं’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन गैरेले भने । सासंद राना सहित नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ (ख)का सचिव शंकर भण्डारी, सामजसेवी तथा व्यवसायी बसन्तमान सिमागैंडा, पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष टिकाराम गैरे, काँग्रेस नेता थानबहादुर मगर लगायतको पहलमा दर्लामडाँडामा पम्प जडान गरिएको हो ।

सांसद राना उनीहरुको सहकार्यमा काठमाडौंबाट पम्प मगाएर प्राविधिक टोलीसहित जडान गर्न दर्लामाडाँडा पुगेका थिए । पम्प जडान स्थलमै पुगेका सांसद रानाले आफुले धेरै ठाउँमा पम्प जडानका लागि पहल गरे पनि तत्काल कतैबाट पनि सहयोग नभएपछि आफुले व्यक्तिगत र केही साथीहरुको सहयोगमा पम्प सहयोग गरेको बताए । उनले जनताको सुख, दुखमा आफु सधै साथमा रहेको भन्दै अफठ्यारो पर्दा जति बेला पनि सम्पर्क गर्न आम नागरिकलाई आग्रह गरे । ‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ सांसद रानाले भने, ‘मेरो सबै समय जनता  र विकासको लागि खर्च गर्नेछु ।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उनले बताए । उनी भन्छन्, ‘म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो । जनताले चुनेर पठाएपछि मैले उहाँलाई परेको दुखमा टुलुटुलु हेरे बस्न मिल्दैन ।’ ‘मलाई सम्पत्ति धेरै भएर होइन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ सांसद राना भन्छन्, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु ।’ सांसदसँगै पम्प जडानमा पुगेका काँग्रेस युवा नेता शंकर भण्डारीले जनप्रतिनिधि हुनु पो यस्तो भन्दै  सांसद रानाको प्रशंसा गरे । उनले जनताका हरेक समस्यामा सांसद रानाले देखाएको सक्रियता अन्य जनप्रतिनिधिहरुले पनि अनुसरण गर्न आवश्यक रहेको बताए । नेता भण्डारीले  भने ‘अरुले अभिनय गर्छन् काँग्रेस भने जनताको घर–घरमा पुगेर दुखःसुखमा अभियान चलाउन्छ ।’  

सांसद रानाले पाल्पाका ग्रामीण क्षेत्रमा रहेका विपन्न नागरिकहरुको अवासका लागि जस्तापातादेखि आवश्यक लत्ताकडा, खाद्यान्न जस्ता कुराहरुमा समेत व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । उनले सांसद र उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री भएपछि २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णता दिएका थिए । जसका कारण किसानको दैनिकी नै सुधारिएको छ । त्यस्तै, उनले पाल्पामा सिँचाईं बिस्तार र ग्रामीण सडकलाई बाह्रै महिना नियमित चल्ने गरी काम गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update