Shittalpati
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ को उम्मेदवारी

पाल्पा, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । सात वटै प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रमुख दलहरूले आफ्ना उम्मेदवार तय गरेका छन् । यही फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि ७ वटा प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । जसमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८, र अन्य समूहतर्फ २१, गरी  ५२ जनाको उम्मेदवारी दर्ता भएको  निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको जनाएका छन् । शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुुम्बिनी प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ८ जना, बागमती प्रदेशमा १५ जना, कोसी प्रदेशमा ५ जना, मदेश प्रदेशमा ५ जना, कर्णली प्रदेशमा ६ जना र सुुदुरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

लुम्बिनीमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।यस्तै बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

यस्तै मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना, सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना, कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना, उम्मेदवारको मनोनयनपत्र दर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।  स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ ।

काँग्रेसमा विवादका बिच उम्मेदवार मनोनयन
राष्ट्रिय सभा उम्मेदवार छनोटका विषयमा काँग्रेसमा विवाद भएको छ । संस्थापन इतर समूहका कारण कांग्रेसमा विवाद भएको हो । विवादका बिचका उम्मेदवार मनोनयन  दर्ता भएको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले गठबन्धनबाट पाएको १० सिटबाट कम्तीमा ४ सिट आफ्नो समूहले पाउनुपर्ने माग राखेको थियो । संस्थापन पक्षले पेलेर उम्मेदवारको नाम सार्वजनिक गरेसँगै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । इतर समूहले ४ जना उम्मेदवारका लागि दाबी गरे पनि तीन जना मात्रै पाएपछि थापाले असहमति जनाएका हुन् । आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने थापाको भनाई छ । यस्तै अर्का महामन्त्री विश्वकप्रकाश शर्माले पनि असमत जनाएका छन् । संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरेको, समावेशी नबनाएको, नेतृत्वले एकलौटी गरेको, योग्य र योगदान गरेकालाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update