Shittalpati
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने

गुल्मी, नेपाली काँग्रेस गुल्मीले भोली ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने भएको छ । मंसिर ९ र १० गते सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले गरेको निर्णयलाई कार्यान्यन गर्दै  काँग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला भित्रका ९३ वडामा एकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।

उसले दिवससँगै वडा भेला गर्ने र जिल्ला सम्मेलनले गरेका निर्णयहरु कार्यान्वयन गर्ने प्रतिवद्धतासहित  कार्यक्रम गर्नका लागि प्रत्येक वडामा जिल्ला प्रतिनिधि खटाइएको नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौड्यालले जानकारी दिए । गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल, मुख्य नारा दिइएको यो कार्यक्रमलाई दोस्रो जिल्ला सम्मेलनले तम्घास घोषणापत्रका रूपमा वर्षे भरी कार्यान्वयन गर्दै जाने प्रतिवद्धताका साथ महत्वपूर्ण निर्णयहरु कार्यान्वयन गर्न लागिएको  पार्टी सचिव भगत सिंह खड्काले बताए ।

पार्टीको लागि ४८ औं मेलमिलाप दिवस, विशेष दिन, विशेष कारण सबै वडामा प्रतिनिधी खटाएर, प्रत्येक महिनाको पहिलो शनिबार टोल समिति, दोस्रो शनिबार वडा र कार्यपालिका बैठक नियमित गर्ने/गराउने र वडाभित्रका अग्रज, सहस्र चन्द दर्शन गरी सकेका वृद्धवृद्धा र उद्यमी युवा एवं महिलाको योगदानको सम्मानका लागि सिफारिस सहितको प्रतिवेदन तयार गरेर पार्टीलाई बुजाउनुपर्ने निर्णय भएको अर्का सचिव जगदीश भट्टराईले बताए । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update