Shittalpati
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।

सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल राष्ट्रपति भवन पुगेका छन् । पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीनियुक्त गरेको छु’ भन्ने पत्र बोकेर प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन् । कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update