Shittalpati
काँग्रेस महासमिति बैंठकमा पाल्पाको साझा अवधारणा

पाल्पा, नेपाली काँग्रेस पाल्पाले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको छ । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका महासमिति सदस्यहरुको शुक्रबार रम्भा गाउँपालिकाको रिमिघा लेकमा बसेको बैंठकले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको हो ।

पार्टी सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको बैंठकले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरमा हुन लागेको महासमिति बैंठकका लागि घनिभूत छलफल गरि साझा अवधारण पत्र तयार गरेको पार्टी सचिव सन्तोष थापा मगरले बताए । समुदायमा काँग्रेस अभियान अन्तर्गत समुदायबाट आएका सुझाव, सल्लाहहरु र पार्टी संगठनलाई बलियो बनाउन चाल्नुपर्ने कदमका विषयलाई काँग्रेसले साझा अवधारणा बनाएको हो । बैंठकमा महासमिति सदस्य राजेन्द्र गोपाल सिंहले अवधारण पत्र प्रस्तुत गरेका थिए । सो अवधारणापत्र माथि व्यापक छलफल भएको थियो । छलफलबाट आएका विषयवस्तुहरुलाई साझा अवधारणका रुपमा समावेश गरिएको महासमिति सदस्य सिंहले बताए । बंैठकमा जिल्लाका २२ जना महासमिति सदस्य, जिल्लाका पार्टी निवर्तमान जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर राना, पार्टी पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सहसचिव विष्णु थापा मगरले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update