Shittalpati
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन

गुल्मी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गुल्मीको बैठकलाई  तम्घासमा सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका हुन् । 

सभापति पुनले ‘पार्टीको संगठनलाई गतिशीलसंगै बलियो बनाउन सबै तहका भातृ तथा शुभेच्छुक संगठन क्रियाशीलसंगै एक भएर लाग्नुपर्ने हुन्छ । ’सबै संघ संगठनले विधान बमोजिम पार्टीको हितमा काम गर्न जरुरी रहेको पनि उनले बताए । 
नेता तथा कार्यकर्ताहरु सबैले पार्टी प्रतिको आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई भुल्न नहुने भन्दै सभापति पुनले समाजलाई सकारात्मक दिशातर्फ लैजान सबै लाग्नुपर्ने धारणा व्यक्त गरे । जनताको हरेक सुखदुःखसँग पार्टी संगठनलाई जोड्न आवश्यक उनले औल्याए । पार्टीको इतिहासलाई कसैले पनि बिर्सन नहुँने भन्दै  सभापति पुनले मजबुत र बलियो पार्टी बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टी संगठनलाई बलियो र क्रियाशील बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भन्दै सबै तहका संगठनलाई चुस्त दुरुस्त राख्न जरुरी रहेको बताए ।  जिल्लामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम क्षेत्रीय अधिवेशन चैत ३ गते र  जिल्ला अधिवेशन चैत ६ गते सम्पन्न गर्ने निर्णय गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराई, क्षेत्र नम्बर–२ मा अर्का जिल्ला सचिव भगत सिंह खड्का र जिल्लामा उपसभापति शिव बहादुर खत्री प्रतिनिधिको रुपमा  खटाईने संघले जनाएको  छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update