Shittalpati
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक भोलि बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो ।
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै  कार दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउँसो लु १च ६३४५ नम्वरको कार दुर्घटना भएको हो ।  दुर्घटना हुँदा सो कारमा सवार आठ यात्रीहरूको मृत्यु भएको छ ।
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु 
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु  जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार फक्टुङकी ४५ वर्षीया धना खाँण आफ्नै घरको बारीमा रहेको लिची टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् ।
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 
भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो :  दुई घाइते 
भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो : दुई घाइते  भारतीय नम्वरको गाडी पाल्पाको तिनाउ खोलामा खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो । 
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ ।
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते  पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ ।  भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो । 
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो । 
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत 
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत  पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो । 
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते  पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै  रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भ्यानको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका –४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको मृत्यु भएको हो ।
Weather Update