Shittalpati
पहिरोका कारण पाल्पाका अधिकांस सडक अवरुद्ध

पाल्पा, दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पाका अधिकांस सडकहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राम्दीदेखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ । लेदो हटाउन  २ वटा मेसिन तयारी अवस्थामा रहे पनि लगातारको बर्षाका कारण काम गर्न कठिनाई भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।

तानसेन रिडी सडक खण्डकको ढुङ्गाखानीको तीन लाकुरी खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भईरहेको पाल्पा प्रहरीले जनाएको छ । यस्तै तानसेन रानीमहल सडक खण्डको रानीमहल माथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धवावा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चानमा आएको डिभिजन प्रमुख निरौलाले बताए ।

राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बर्तुङ्गमा जेसीवी आर्यभञ्ज्याङ्ग लोडरसहित जनशक्ती तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाइएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताए ।

पुर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडकमा समेत पहिरो खस्दा बन्द भएको ताँहु प्रहरीचौकीले जनाएको छ । आर्यभञ्ज्याङ्ग–रामपुर सडकको बेलडाँडामा खसेको पहिरो डोजरले हटाई सडक सूचारु गरेको प्रहरी चौकी जप्कादीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update