Shittalpati
प्यूठानमा कार दुर्घटना : आठको मृत्यु, सातजनाको सनाखत

लुम्बिनी,  प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै  कार दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा सोमबार दिउँसो लु १च ६३४५ नम्वरको कार दुर्घटना भएको हो । 
दुर्घटना हुँदा सो कारमा सवार आठ यात्रीहरूको मृत्यु भएको छ ।

कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा मृत्यु हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्य एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले बताए । –रासस 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update