Shittalpati
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु 

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार फक्टुङकी ४५ वर्षीया धना खाँण आफ्नै घरको बारीमा रहेको लिची टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

खाँण अचानक लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी उनलाई श्रीमान ज्ञानबहादुर खाँणले अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा सोमबार साँझा मृत्यु हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update