Shittalpati
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवल हिँडेका सवारी साधन अलपत्र परेका छन् । अवरुद्ध  सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सडक सुचारु गर्न अझै केही समय लाग्ने बताइएको छ । यहाँ यसअघि पनि अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । 


 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update