Shittalpati
जिप दुर्घटनामा एकको मृत्यु

दाङ, दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका –३ शिरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्युु हुनेमा चालक रोल्पा गंगादेव गाउँपालिका–१ का विष्णु पुन रहेका छन् । दुर्घटनामा अन्य ९ जना घाइते छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइते मध्य चार जनालाई थप उपचारका लागि बाँके रेफर गरिएको प्रहरीले बताएको छ । उक्त जिपमा ५ जना पुरुष र चार जना महिला सवार रहेको  बुझिएको छ । घाइतेहरु मध्य केहीको अवस्था गम्भीर छ । घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update