Shittalpati
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने

पाल्पा, तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक भोलि बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका कार्यालय प्रमुख अरुण गुप्ताद्वारा जारी गरिएको सूचनामा  उक्त क्षेत्रको सडक बन्द गर्न लागिएको जनाइएको छ ।  सूचनामा उक्त समयअविध भर बैकल्पिक सडकको प्रयोग गरी निमार्ण कार्यमा सहयोग गर्न सबैलाई अनुुरोध समेत गरिएको छ ।  यो सडक बन्द रहे पनि रानीमहल जाने पर्यटकहरु बैकल्पिक सडकको रुपमा अर्गली– कुडापानी, अर्तुङ्गा –छेर्लङ्ग हुँदै रानीमहल र चिलाङ्गदी–खानीगाउँ, दैलातुङ्ग हुँदै रानीमहल जान सक्ने छन् ।

पूर्वाधार सडक कार्यालयले यस अघि पनि कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि भन्दै  वैशाख १५ गतेदेखि २१ गतेसम्म सडक बन्द गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले रानीमहलसम्म पुग्ने पर्यटकको सहज यातायातका लागि सडक कालोपत्रेको योजना स्विकृत गरी विगत दुई बर्ष देखि नियमित काम गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update