Shittalpati
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो

पाल्पा, पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

सडक एकतर्फी खुलाएर साना सवारी साधन, मोटरसाइकल र अत्यावश्यक सवारी साधन गन्तव्यमा पठाइएको छ । सडकको तल्लो भाग भासिएकाले ठूला सवारी साधन सञ्चालनमा अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । काम गर्दागर्दैे डोजरको टायर पन्चर भएपछि एकतर्फी सडक खुलाउन केही ढिलाइ भएको थियो । 

 पहिरो खसेर सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक एकतर्फी खुलाएर साना सवारी सधानलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update