Shittalpati
राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाको कोहल खेलमैदानमा भएको पालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ । १३ वटा विद्यालयलाई पछि पार्दै नारायण माविले ५ स्वर्ण, ५ रजत, ३ कास्य गरी १३ पदक सहित प्रथम स्थान हासिल गरेको हो ।

यसैगरी प्रतियोगितामा  सरस्वती मावि वडा नंं ३ खस्यौली ५ स्वर्ण, ५ रजत, ९ पदक सहित दोस्रो र ५ स्वर्ण,१ रजत, ३ कास्य गरी ९ पदक सहित दुर्गा भवानी मावि वडा नं. ६ देउराली तेस्रो भए । विजेता विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रवक्ता प्रकाश रायमाझी, वडाअध्यक्षहरु, शिक्षा अधिकृत टिकाराम आचार्य, रिव्दीकोट खेलकुद विकास समितिका अध्यक्ष दिपक पचभैया लगायतले नगद पुरस्कार तथा मेडल, प्रमाणपत्र  र रनिङ शिल्ड पुरस्कारबाट सम्मान गरे । यसैगरी ४ स्वर्ण, ६ रजत, ७ कास्य गरी १७ पदक सहित  वडा नं. २ देउराली  आदर्श मावि चौथो भएको छ । यसैगरी वडा नंं १ ख्याहाको शारदा माविले ३ स्वर्ण, ३ कास्य गरी ६ पदक जितेको छ भने कालिका मावि वडा नंं ७ बतासेले २ स्वर्ण ५ रजत, १ कास्य गरी ८ पदक जितेको छ । ताल्तु· मावि वडा नंं ८ पेलाचौरले २ स्वर्ण, १ रजत, ५ कास्य गरी ८ पदक जितेको छ । भवानी मावि वडा नंं ५ कुसुमखोलाले १ स्वर्ण, २ रजत, ४ कास्य गरी ७ पदक जितेको छ । प्रभात मावि वडा नंं ७ मैनादीले १ स्वर्ण, २ रजत गरी ३ पदक जितेको छ । लक्ष्मी मावि माल्मुङ, भैरवजनता मावि भैरवस्थान, भास्कर मावि पोरक्नीले कुनै स्वर्ण पदक हात पार्न सकेनन् । यसैगरी आदर्श मावि वडा नंं २ लघुवा र  ज्ञानमाला मावि वडा नं. ८ फेकले कुनै पनि पदक हात पार्न सकेनन् । समापन कार्यक्रममा पालिकाबाट  खेलमैदानको  समयमै निर्माण सम्पन्न  गरेकोमा  निर्माण व्यबसायीलाई सम्मान गर्दै खेल मैदान संरक्षण तथा व्यबस्थापन समितिलाई कोहल खेलमैदान हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष नारायणबहादुर कार्कीले खेलकुदको माध्यमाबाट खेलाडीहरुले आफ्नो मात्र नभएर समाज/देशको नामलाई समेत उचाइमा पु र्‍याएको, एक आपसमा भातृत्व भावनाको विकास  गरेकोबताए ।  खेलकुदले अनुशासित र शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक रुपमा मानव शरीरलाई स्वस्थ राख्न ठूलो सहयोग पुर्‍याउने अध्यक्ष कार्कीले जोड दिए । कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारीले  खेल जगतको विस्तार र विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले खेलकुदको विकास र विस्तारमा  प्राथमिकता दिएर काम गर्ने बताईन् । प्रतियोगिताका संयोजक एंव शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले विद्यार्थीहरुको चौतर्फी विकासको लागि खेलकुद महत्वपूर्ण विधा भएको बताए । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विद्यार्थीमा भएको अतिरिक्त क्षमता पूर्ण रुपमा बाहिर आउने र आफु र राष्ट्रलाई चिनाउने शसक्त माध्यम भएको बताए । प्रतियोगिताको लागि  सहायक शिक्षा अधिकृत राजाराम भाट, श्रोत बिज्ञ गोपाल के.सी. लगायत शिक्षक स्वयंसेवक, खेलप्रेमीहरु तथा सरोकारवाला पक्षले सहजीकरण गरेका थिए । पालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २६ विद्याका खेलहरुमा ३ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update