Shittalpati
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता मंगलबार दिउसोदेखि आएको अविरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । आज विहान गएको पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् ।
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
पहिरामा पुरिएर दुईको मृत्यु
पहिरामा पुरिएर दुईको मृत्यु इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।
पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला
पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर अन्तर्गत रातचौरको स्यालामा सोमबार राति गएको पहिरोमा बेपत्ता बनेका २ जना मध्ये एक जनाको शव फेला परेको छ ।
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्दार
हेलिकप्टरमार्फत सुत्केरीको उद्दार गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्दार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।
Weather Update