Shittalpati
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।
भीरबाट खसेर महिलाको मृत्यु
भीरबाट खसेर महिलाको मृत्यु जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।
हराइरहेका दाजुभाइ मृत भेटिए
हराइरहेका दाजुभाइ मृत भेटिए दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
बरेङको सडक कालोपत्रे
बरेङको सडक कालोपत्रे बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।
टिपरको ठक्करबाट बालकको मृत्यु
टिपरको ठक्करबाट बालकको मृत्यु भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता
बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।
पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते
तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको बसलाई ठक्कर दिएको हो ।
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभने स्थित टिमुरखर्कबाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ नम्बरको ट्याक्टर शुक्रवार बेलुकी आफै अनियन्त्रित भई पल्टिदा स्थानीय नेत्र बहादुर घर्तीको मृत्यु भएको हो ।
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु रुपन्देहीमा जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
Weather Update