Shittalpati
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।
युवाका समस्या जस्ताको त्यस्तै
युवाका समस्या जस्ताको त्यस्तै आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ...
बंगलादेशको घटनाबाट पाठ सिकौं
बंगलादेशको घटनाबाट पाठ सिकौं बंगलादेशमा भएको घटनाले यति बेला विश्वको ध्यान खिचेको छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले गत सोमबार सत्तासँगै देश छाड्नुपरेको घटना यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । लोकतन्त्रकी सेनानीको रुपमा छवि बनाएको व्यक्तिले एकाएक सत्ता र देश छोड्नुले पनि स्वभाविक रुपमा चासो हुनुलाई...
किन बारम्बार भइरहन्छन् हवाई दुर्घटना ?
किन बारम्बार भइरहन्छन् हवाई दुर्घटना ? काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भयो । यो दुर्घटनाले मुलुकको नागरिक उड्डयन क्षेत्रका कमजोरीलाई पुनः उजागर गरेको छ ।
नागपञ्चमी र नागबंशीको एक चर्चा
नागपञ्चमी र नागबंशीको एक चर्चा नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ...
नाग पञ्चमीको महत्व
नाग पञ्चमीको महत्व साउन शुक्ल पञ्चमीका दिन आज नागस्थानमा पुजा अर्चना गर्दै हिन्दु धर्मावलम्वीले नाग पञ्चमी पर्व मनाउँदैछन् । आजका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । गाईको दूध, दुबो, जल चढाएर धूपधुवार गर्दै नागको पुजा गर्ने प्रचलन छ ।
भू–संरक्षण दिवसको सार्थकता
भू–संरक्षण दिवसको सार्थकता राष्ट्रिय भू–संरक्षण दिवस आज हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन तथा भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
सुनको बढ्दो मूल्य र सकस
सुनको बढ्दो मूल्य र सकस यति बेला नेपालसहित विश्व बजारमा सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । सोमबार मात्र एक लाख ५० हजार पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । सुनको मूल्य अझै माथि जाने भनाइहरू सार्वजनिक भइरहेका छन् । तर, विश्व...
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ सुशासन सरकारका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु  हो । अर्कोतर्फ सरकारी  सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमञनागरिकलाई शासनको सुखद अनुभुति दिलाउनु हो ।
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
युवा विदेशिने क्रम रोकौं
युवा विदेशिने क्रम रोकौं नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
Weather Update