
अति भयो भने खती हुन्छ भन्ने नेपाली उखानलाई चरित्रार्थ गर्दै जनताको साशन व्यवस्था मानिएको गणतन्त्र व्यवस्थालाई विकृत बनाउँदै वडासम्म राजकिय जीवन बिताएका केहि राजनीतिक दल र तीनका आसेपासेहरु बाहेक धेरै आमनागरिकलाई गणतन्त्र भित्रको यस कार्य शैलीले निराशा, वितृष्णा र आक्रोस उत्पन्न गराई रहेको थियो । यो बेलुनमा भरिएको हावा जस्तै कुन बेला विष्पोट हुने हो त्यही अवस्थामा रहेको थियो । नभन्दै जेनजी जेट पुस्ताको २७ घण्टे आन्दोलनले दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनलाई बिर्साउने गरि सपना र सिनेमाको दृश्य जस्तै गरि भागाभाग हुनेगरि विष्पोट गराईदियो । यसले परम्परालाई अगाल्दै साशन व्यवस्था सञ्चालन गर्ने राजनीतिक दलको अस्थित्व माथि पनि प्रश्न चिन्ह उत्पन्न गराईदियो । अब बेथिती, भ्रष्टाचार ,कुशासन, लेनदेनलाई आत्मसाथ गर्ने प्रवृत्तीको अन्त्य मात्रै होईन यस्ता कार्यमा संलग्न हुनुपूर्व दश पटक सोच्नुपर्ने स्थितिको पनि सिर्जना गरिदियो । जनताको साशन व्यवस्थाको भजन गाउँदै ,हामी जनताबाट निर्वाचित भन्दै दादागिरी देखाउने, तानाशाह शैली अवलम्वन गर्ने र व्यक्तिगत इगोमा साशन सञ्चालन गर्ने, राजनीतिक सहमतिका नाममा जटिल अपराध र बेथीतीको छानबिन र माफिदिने युगको अन्त्य पनि यही आन्दोलनले गराईदियो । जेनजी जेट युवा विद्रोह,उत्पन्न परिस्थिती र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
को हुन् जेनजी युवा समुह ?
काठमाडौंमा भएको आन्दोलनबाट मात्रै धेरैले पहिलो पटक सुनेको शब्द हो जेनजी । जसको अग्रेंजी अर्थ जेन्रेसन् हो भने नेपाली अर्थ पुस्ता । न्भलभचबतष्यल वाट न्भल शब्द बनेको हो । आधुनिक जिवनशैली र आधुनिक डिजीटल प्रविधिसँग नजिक रहेका युवाहरुको समूह हो जेन्रेसन – जेट ,वाई र अल्फा । यस भित्र पनि तीन वटा समूह रहेका छन् । जसमा उमेर एक वर्ष देखि १४ वर्षमुनी समूहका युवालाई जेनजी अल्फा, १४ वर्ष देखि २८ वर्ष मुनी समुहका युवालाई जेनजी जेट र २८ वर्ष देखि ४० वर्ष मुनीका युवाहरु समुहलाई जेनजी वाई ले चिनिने यो विश्वभरका युवाहरुलाई चिनिने समूहगत नामाकरण हो । प्रविधिमा हुर्केका, स्वतन्त्र सोच राख्ने, रचनात्मकता ,परिवर्तन मनपराउने ,आफ्नो भविश्यप्रती सजग जस्ता विशेषता यीनीहरुले अगालेका हुन्छन् । आधुनिक डिजीटल युगलाई आत्मसाथ गरेका यी तीन समूहका युवाहरुको सञ्जाल विश्वसँगै नेपालमा पनि नेपाल भर रहेको पाईएको छ ।
देश भित्रको राजनीतिक अस्थिरता, भ्रष्ट्राचार, बेथितीदेखि बाक्क दिक्क भएका केहि वर्ग विदेश तिर सुनौलो भविष्यका लागि विदेशीएको देखिन्छ भने केहि वर्ग देशको सुनौलो भविष्यका लागि विभिन्न सामाजिक कार्यमा लागि रहेको देखिन्छ । पछिल्लो विकास भएका प्रविधिबाट धेरै नजिक रहेको यस समूह विश्वमा विकास भैरहेका घटनाबाट परिचित थियो । बेला–बेलामा सरकारका काम कारवाही र कार्य शैलीको विभिन्न माध्मबाट विरोध र खबरदारी गर्दै आएको यस पुस्ता परम्परागत साशन शैलीमा सुधार हुनुपर्ने कुरामा जोड दिने गर्दथ्यो ।
जेनजी बिद्रोहको कारण :
१०४ वर्षे जहानीया राणा साशनदेखि लिएर जनताको साशन व्यवस्था मानिने गणतन्त्रसम्म आईपुग्दासम्म राजनीतिक अस्थिरता, बेथिती, स्वेच्छाचारिता, भ्रष्टाचार र जनतामा आशा भन्दा निराशा बड्दै गएको देखिन्छ भने गणतन्त्रमा यो दर र निराशा अत्याधिक मात्रामा बढ्दै गएको थियो । चरम राजनीतिक हस्तक्षेप र राजनीतिकरणका कारण राज्यका अगंहरुले स्वतन्त्र काम गर्न नै नसक्ने अवस्थामा पुगेका थिए भने अदालत, अख्तियार, सुरक्षा निकाय जस्ता संवेदनशिल क्षेत्रमा राजनीतिक नियुक्ती र निर्देशनले विकृत्त बनाउदै लगेको देखिन्छ भने आस्था माथि प्रश्न चिन्ह उत्पन्न भैरहेको थियो । यी संस्थाहरु चरम राजनीतिक हस्तक्षेपले कमजोर भई सकेका थिए । देश र जनताको पक्षमा काम गर्नुको सट्टा सरकारलाई दुई तिहाईको दम्वले तानशाह चरित्रमा रुपान्तरण गर्दै लगेको थियो । आलोचना र कमजोरी सुन्नै नचाहने विरोधको प्रतिकार गर्ने, आन्दोलन भएका घुसपैठको नाममा गोली वर्षाउने रवैया सरकारले बढाउदै लगेको थियो ।
जनताको साशन व्यवस्था गणतन्त्रमा जनताको सरकारले देश र जनतालाई अग्रंपक्तीमा राखेर निर्णय गर्न नसक्नु, राजनीतिक सहमतिको नाममा जस्तो सुकै राष्ट्रघाती सहमति र निर्णय गर्नु, जनताको जनमतलाई वेवास्ता गर्नु । क्षमता र योग्यताको आधारमा हैन् राजनीतिक नियुक्तीलाई हावी गराउदै लैजानु । राज्य कोषको दोहन गर्दै लैजानु । बजेट बाँडफाँड जनताको आवश्यकता, भौगोलिक जटिल्ताको आधारमा नगरी तजबिजका आधारमा असमानुपातिक रुपमा बढाउदै लौजानु । जनताका आधारभूत स्वास्थ्य सेवा नपाएर तड्पिरहेका छन् । नदीमा पुल नभएर तुईनको जोखिमयुक्त यात्रा गरिरहेका छन् । यातायातको राम्रो सुविधा प्राप्त गर्न सकेका छैनन् । रोजगारीको अभावमा खाली खुट्टा विदेशीएका छन् तर सरकार भ्यूटावर , रेल,पानीजहाज र सुरुङ मार्गको योजना बनाई रहेको देखिन्छ । यसैका लागि अरवौको बजेट छुटट्याई रहेको छ । यी विद्रोहको कारण बन्दै थियो ।
राज्यको वर्तमान संरचना देश र जनताका लागि हित अनुकुल नभएर देशको खर्च व्ययभार अत्याधिक बढाउदै लाने राजनीतिक दलका कार्यकर्तालाई व्यवस्थापन गर्नका लागि बनाइएको देखिन्थ्यो । आवश्यकता भन्दा बढी बनाईएका सासद र विशिष्टको संख्या, तीनका सेवासुविधा, राजनीतिक नियुक्तीले एकातिर जनतामा वितृष्णा देखिन्छ भने अर्कोतिर यो संरचनाले देश आर्थिकरुपमा कहिल्यै माथि उठ्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । गणतन्त्रमा अत्याधिक बढ्दै गएको बेथिती , भ्रष्टाचार, कालो धन थुपार्ने प्रवृत्तिकै कारण जेनजी युवाले बिद्रोह गरेको देखिन्छ ।
आन्दोलको सकरात्मक र नकरात्मक प्रभाव :
जेनजी आन्दोलनले बढ्दै गएको बेथिती, भ्रष्ट्राचारको अन्त्य र खबरदारीमा सकरात्मक सन्देश दिने कुरामा केहि सकरात्मक भूमिका खेल्ने देखिन्छ भने यसबाट राजनीति अकुत सम्पत्ती जम्मा गर्न, भ्रष्टाचार र बेथितीका लागि नभएर सेवाका लागि हुनुपर्ने पक्षमा सचेतना जगाईदिएको देखिन्छ भने भ्रष्टाचार लगाएतका बेथितीमा रमाउनेलाई दश पटक सोच्नुपर्ने स्थितिको सिर्जना गरिदिएको देखिन्छ । यसले वर्तमानदेखि भावि पुस्तासम्म सुशाशन स्थापित गर्ने कुरामा सकरात्मक सन्देश छाड्ने देखिन्छ । यस आन्दोलनको नकरात्मक पक्षको रुपमा सार्वजनिक सम्पत्तीमा भएको तोडफोड र आगजनी नै रहेको देखिन्छ । यसलाई रोक्न र सार्वजनिक सम्पत्ती जोगाउने कुरामा जेनजी आन्दोलन चुकेको देखिन्छ । लुटपाट ,तोडफोड र आगाजनीका कहालीलाग्दो क्रियाकलापमा जेनजीको नाममा विभिन्न स्वार्थ समूह लागेको देखिन्छ । सर्वोच्च अदालत लगायत देशका विभिन्न स्थानका अदालत जलाउने स्वार्थ समूह । सञ्चार गृह जलाउने स्वार्थ समूह । सिहदरबार लगायत सरकारी भवन आगजनी गर्ने स्वार्थ समुह । उद्योग, व्यापार, व्यवसाय तोडफोड र जलाउने समूहको स्वार्थ समूह । व्यक्तिका सम्पत्ती जलाउने स्वार्थ समूह । परिचालित र धमिलो पानीमा माछा मार्न तम्सिएको देखिन्छ । यी स्वार्थ समूहको छानबीन गरि कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय दिनु अन्तरिम सरकारको मुख्य कार्य रहेको देखिन्छ । ती स्वार्थ समूहको हुन् र कसबाट परिचालित थिए भन्ने कुरा पनि भविष्यको अनुसन्धानले पुष्टि हुनु पर्दछ ।
अब के हुनुपर्दछ ?
२७ घण्टे युवा विद्रोह अन्तरिम सरकार बनाउँदैमा ,मृतकलाई शहिद घोषणा र क्षतिपूर्ती दिदैमा अन्त्य हुनुहँुदैन् । यो निरन्तर खबरदारीमा रहिरहनुपर्दछ । ती बालबालीका माथि गोली चलाउने र चलाउन आदेश दिनेलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ । सार्वजनिक सम्पत्ती तोडफोड गर्नेलाई छानबिन गरि कारवाहिको दायरामा ल्याउनुपर्दछ । शक्तिशाली भ्रष्टाचार छानबिन आयोग बनाउनु पर्दछ र आम जनताले महसुस गर्ने गरि भ्रष्टाचारीलाई कारवाहिको दायरामा ल्याउनु पर्दछ । आर्थिक रुपमा कमजोर बनाउने, राज्यको व्ययभार बढाउने राज्यको संरचनामा पुर्नविचार गर्नु पर्दछ । प्रदेश, सासद, मन्त्री, विशिष्ट, स्वकिय सचिव, सल्लाहकार, राजनीतिक नियुक्ति जस्ता पद र संख्यामा कटौती गर्नु पर्दछ । पूर्व विशिष्टका नाममा दिने सुविधा हटाउनु पर्दछ । राजनीतिलाई पेशाबाट सेवामा रुपान्तरण गर्नु पर्दछ । सरकारी दरवन्दी र कार्यालयको संख्या कटौती गर्नु पर्दछ । मनपरि करार नियुक्ती कटौती गरिनुपर्दछ । यसो भएमा यस आन्दोलन र बलिदानीले केहि मात्रामा न्याय पाउने देखिन्छ ।
निष्कर्ष :
जेनजी जेट आन्दोलन विगतमा जस्तो कुनै राजनीतिक लाभ र सत्ता प्राप्तिका लागि गरिएको होइन् । यो कुनै निर्देशित र परिचालित पनि होईन् । देश भित्र फैलिएको चरम वेथिती र भ्रष्टाचारको कारण उत्पन्न स्वःस्र्फत युवा बिद्रोह हो । एक पटकको आन्दोलन र बिद्रोहले यसको अन्त्य भयो भन्ने आकलन गर्नु पनि हुँदैन् । राज्यमा फेरि वितृष्णा र निराशा बढ्दै गयो भने यो फेरि उत्पन्न नहोला भन्न सकिदैन् । सत्ताको उन्मात र बन्दुकको गोलीले यसलाई रोक्न सकिने पनि देखिदैन् । त्यसैले राजनीतिक दलका हरेक कार्य जनकेन्द्रीत हुनुजरुरी देखिन्छ । अब गफ लगाएर, भाषण गरेर, मासुभात र पैसा बाडेर निर्वाचित हुने सपना देख्न छाड्नु पर्दछ । राजनीतिक दलहरु परम्पराबाट माथि उठेर युवामा नेतृत्व हस्तान्तरण गर्दै समयको माग अनुसार आफुलाई रुपान्तरण गर्नु पर्ने देखिन्छ । आजैबाट आफ्नो दललाई नयाँ चिराबाट रुपान्तरण गरौ । अहंकार, व्यक्तिगत इगो र आलोचनामा हैन्, आफ्नो कमि कमजोरी माथी छलफल र विश्लेषणमा समय खर्च गरौं । युवा चाहना अनुसार आफुलाई रुपान्तरण गरौ । यसैमा देश र जनताको भलाई छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)