Shittalpati
पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौ :  काँग्रेस उम्मेदवार श्रेष्ठ

पाल्पा,नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउने बताएका छन् । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि  गाउँ गाउँ पुगेर मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका उनले मतदाताहरुसँग पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध ल्याउन सकिने बताएका हुन् ।

उनले कृषि र पर्यटनका  क्षेत्रमा  पाल्पा प्रचुर सम्भावना भएको  भन्दै त्यसका लागि दिर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे । नेता श्रेष्ठले भने “ दिर्घकालीन योजना र भिजन भएको व्यक्ति केन्द्रीय पहुँच नहुँदा सम्भावना भएर पनि पाल्पा पछि परेको छ, यसका लागि भिजन भएको व्यक्ति अहिलेको आवश्यकता हो । ” उनले आफुसँग पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउन सक्ने स्पष्ट भिजन र योजना रहेकाले एक पटक भारी मतले विजयी बनाएर संसदमा पठाइदिन मतदाताहरुलाई आग्रह गरे । नेता श्रेष्ठले भने “ पाल्पालाई समृद्ध बनाउने स्पष्ट भिजन म सँग छ । त्यो भिजनलाई कार्यान्वयन गर्न यहाँले मलाई एक पटक संसद्मा जाने मौका दिनुहोस् , म पाँच वर्ष भित्रमा पाल्पालाई देशकै नमूना र समृद्ध जिल्लाको रुपमा चिनाउन्छु ।”  

उनले जिल्लामा नगदेबालीको रुपमा अकबरे खुर्सानी, सुन्तला,तेजपात,अदुवा, बेसार उत्पादनको राम्रो सम्भावना रहेको बताए । जिल्लाका माडीफाँट,कचलफाँट,सर्देवाफाँट, अर्गलीफाँट,चहलाफाँट साथै मदनपोखरामा तरकारी तथा अन्नबालीको उत्पादन राम्रो हुने भए पनि त्यसलाई व्यवसायिक उत्पादनको रुपमा विकास गर्न नसकिएको उनले उल्लेख गरे ।नेता श्रेष्ठले किसानलाई भिजन टेन मार्फत बाली र पशुपंक्षि पालनमा ९० प्रतिशत अनुदान दिने संकल्प समेत आफ्नो रहेको बताए । उनले बन्यजन्तुबाट जिल्लाका किसानहरु समस्यामा परेको भन्दै त्यसलाई नियन्त्रण गर्ने योजना आफुसँग भएको  पनि उल्लेख  गरे । नेता श्रेष्ठले बाँदर र बदेललाई स्पष्ट  नीति बनाएर नियन्त्रण सकिने भएकाले आफु संसदमा पुगेर पहिलो काम त्यही गर्ने बताए । उनले पाल्पामा थुप्रै ऐतिहासिक पर्यटकीयस्थलहरु भएकाले तिनीहरुको पहिचान गरी आर्थिक समृद्धि ल्याउने बताए । नेता श्रेष्ठ काँग्रेसको सरकार बने मात्र देशमा आर्थिक समृद्धि हासिल हुने र विपन्न नागरिकको जीवनस्तर माथि उकासिने भएकाले काँग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हम मतदान गरी भारी मतले विजयी  गराउन मतदाताहरुलाई आग्रह गरे  ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update