Shittalpati
निजी क्षेत्रलाई भरोसा दिलाऊ

लामो समयको कोभिड महामारीका कारण थिलो परेको निजी क्षेत्र उठ्नै लाग्दा पुनः जेनजी आन्दोलनले थला पर्न पुगेको छ । गत भदौ २४ गतेको घटनाले देशभर सार्वजनिक र निजी दुवै क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । आगजनी, तोडफोड र लुटपाटका घटनालाई बिर्सिंदै जनजीवन सामान्य बन्दै गएको छ । तर उक्त दिनको घटनाले देशको अर्थतन्त्रमा भने दीर्घकालीन असर गर्ने निश्चित छ ।

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटका घटनाले उद्योगी–व्यवसायीलाई पक्कै हतोत्साही बनाएको छ । आन्दोलनका क्रममा व्यक्ति तथा व्यवसाय लक्षित तोडफोड, आगजनी एवं लुटपाटका घटना भए । यसले व्यवसायी तथा लगानीकर्तालाई झनै त्रसित बनाएको छ । यो अत्यन्त दुखद् छ । खासगरी उद्योग–व्यवसायमा सफल भएका व्यावसायिक घराना, निजी क्षेत्रका संघसंस्थाको नेतृत्वमा बसेका तथा राजनीतिसँग जोडिएका उद्योगी–व्यवसायीलाई लक्ष्य गरिनु डरलाग्दो विषय बनेको छ । यसले देशकै अर्थतन्त्रलाई नराम्रोसँग कमजोर बनाउने छ । अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेको निजीक्षेत्र हो, जसले सरकारलाई राजस्वमा योगदान गर्छ, रोजगारी सिर्जना गर्छ, त्यही क्षेत्रले सबैभन्दा बढी नोक्सानी यसपालिको विध्वंसमा बेहार्नु परेको छ । प्रमुख उद्योग, प्रतिष्ठानहरूलाई निशाना बनाई उच्छृंखल र उद्दण्डहरूले उपव नै मच्चाए र खरानी पारे । एकै दिन लाखौंको रोजगारी गुमेको छ ।  तीसँग जोडिएका परिवारहरूको चुलोचौको निभेको  छ । यद्यपी निजी क्षेत्रले आफ्नो आत्मविश्वास भने गुमाएको छैन । यो सबैभन्दा राम्रो पक्ष हो । ठूला व्यावसायिक घरानाहरूले आफूहरू फेरि झनै सशक्त भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् । तथापी यस्तो अवस्थामा सरकारले अभिभावकी जिम्मेजारी निर्वाह गर्न आवश्यक छ । अहिलेको अवस्थामा लगानी गर्ने वातावरण सिर्जना गरिनु महत्वपूर्ण काम  हो । निजी क्षेत्रको लगानीबिना अर्थतन्त्र उकासिन्न । तसर्थ सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी भरोसा दिलाउन जरुरी छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update