
आज संविधान दिवस,नेपालको संविधान २०७२ निर्माणको क्रममा सात दशक लामो संघर्ष र बलिदानको महत्वपुर्ण दस्तावेजयुक्त प्रतिफल हो । यसको रक्षाका लागि सबै पक्षएकजुट भएर लाग्नुपर्ने हुन्छ । किन कि अहिले आएर नेपालको संविधान २०७२ लाईपुर्ण रुपमा कार्यान्वयन हुन नदिने तत्वहरु कता कता सलवलाई रहेको आभाष हुदै गएको छ । संविधानको संशोधन समयानुकुल आवश्यक छ तर यसका उपलव्धीहरुलाई राम्रो संग उपयोग गर्न नपाउँदै संविधान माथि नै धावा वोल्ने शक्ति को हुन भन्ने बिषयमा नेपालका सबै लोकतन्त्रवादीहरु एक भएर लाग्नुपर्ने देखिन्छ ।
दशक लामोजनयुध्द, जनआन्दोलन, शान्ति प्रक्रियादेखि संविधानसभासम्मको यात्रामा नेपाली जनताले लोकतन्त्र, गणतन्त्र र समावेशी राज्यव्यवस्थाका लागि ठूलो योगदानबाट यो संविधान प्राप्त भएको हो । यही योगदानलाई मूर्तरूप दिन २०७२ असोज ३ गते संविधान जारी भयो, जसले जनतालाई सार्वभौमसत्ता र समान र समावेशीअधिकारको प्रत्याभूति दिएको छ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विभिन्न वर्ग, क्षेत्र, भाषा, जाति र समुदायलाई समान प्रतिनिधित्वको अवसर दिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र समानताको अधिकारलाई सुनिश्चित गर्ने आधार संविधानले निर्माण गरेको छ । तर, संविधान कार्यान्वयनको यात्रामा अझै चुनौतीहरू छन् । राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि संविधानले अपेक्षा गरेको तर जनताले अनुभव गर्न बाँकी प्रमुख पक्ष हुन् । संविधान दिवसको अवसरमा हामीले विगतका उपलब्धिलाई आत्मसात् गर्दै कार्यान्वयनमा देखिएका कमजोरी सच्याउने दृढता लिनुपर्छ । संविधान केवल कानुनी दस्तावेज मात्र होइन, यो हाम्रो साझा प्रतिबद्धता हो—समावेशी, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्ने मुल कानून हो । यस दिवसमा हामी सबैले संविधानको सम्मान, कार्यान्वयन र संरक्षणलाई आफ्नो सर्वोच्च जिम्मेवारीका रूपमा लिनु अपरिहार्य छ । यो संविधानको निर्माणका साझेदार पक्षहरु सबै एक जुट हुनुपर्ने र मुलुकमा सुशासनको प्रत्याभूतका लागि संविधान रक्षा गर्ने कार्यमा लाग्नुको कुनै पनि विकल्प छैन । यही नै हाम्रो जिम्मेवारी हो ।